चीनको पटाका उद्योगमा आगो लाग्दा कम्तिमा २६ को मृत्यु

झन्डै १५ सयजनाको आपतकालीन उद्धार टोली सरकारले खटाएको छ । बिस्फोटले क्षति पुगेका स्थानको भग्नावशेषबाट सातजनालाई उद्धार गरिएको छ ।

वैशाख २२, २०८३

कान्तिपुर संवाददाता

At least 26 killed in fire at Chinese fireworks factory

काठमाडौँ — चीनको हुनान प्रान्तस्थित एक पटाका उद्योगमा बिस्फोट हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । घटनामा ६१ जना घाइते भएको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । 

दक्षिणी शहर लिउयाङस्थित हुवासेङ पटाका उद्योगमा आगलागीपछि प्रहरीले ३ किलोमिटर क्षेत्र आसपासका मानिसहरुलाई उद्धार गरेको छ । 

झन्डै १५ सयजनाको आपतकालीन उद्धार टोली सरकारले खटाएको छ । बिस्फोटले क्षति पुगेका स्थानको भग्नावशेषबाट सातजनालाई उद्धार गरिएको छ । 

प्रहरीले यस घटनाबारे थप अध्ययन गरिरहेको सरकारी सञ्चारमाध्यमहरुले बताएका छन् ।

कान्तिपुर

Link copied successfully