पाकिस्‍तानका मध्यस्थकर्ता भन्छन्, 'अमेरिका-इरानले वार्तामा बस्ने संकेत गरेका छन्'

पाकिस्तानका मध्यस्थकर्ताहरुले बुधबार बिहानै इस्लामावादमा शीर्ष वार्ताकारहरु आउने बताएका छन् ।

वैशाख ८, २०८३

एपी

Pakistani mediator says US-Iran have signaled willingness to hold talks

एपी — अमेरिका र इरानले वार्ताको टेबुलमा बस्ने संकेत गरेका छन् । बुधबार साँझ दुई देशबीचको दुई साता लामो युद्धविराम अवधि समाप्त हुँदैछ । 

एशोसियट प्रेस (एपी) लाई दुई क्षेत्रीय अधिकारीहरुले दुबै देश वार्तामा बस्ने तयारीमा रहेको बताएका हुन् । पाकिस्तानका मध्यस्थकर्ताहरुले बुधबार बिहानै इस्लामावादमा शीर्ष वार्ताकारहरु आउने बताएका छन् ।

तर, अहिलेसम्म सुचना सार्वजनिक गर्ने अनुमति प्राप्त नभएकाले उनीहरुले आफ्नो नाम गोप्य राखेका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि सोमबार ब्लुम्वर्गसँग कुराकानी गर्दै बुधबार युद्धविराम अवधि सकिएपछि नयाँ युद्धविराम नगर्ने बताएका थिए ।

त्यस्तै, इरानले पनि हर्मुजमा अमेरिकाले लगाएको नाकाबन्दी नखुलेसम्म वार्ता नगर्ने अडान लिएको थियो । 

मंगलबार इरानका प्रमुख वार्ताकार तथा संसद्का सभामुख मोहम्मद बगैर गालीबाफले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, ‘हामी धम्कीको छाँयाबीच वार्ता गर्दैनौं । युद्ध मैदानमा नयाँ कार्ड देखाउने तयारी गर्दैछौं ।’

दुबै पक्षको आक्रामक अभिव्यक्तिका बाबजुद पाकिस्तान भने वार्ताको वातावरण बनाउन सक्रिय छ ।

युद्ध सुरु भएयता इरानमा कम्तिमा ३ हजार ३ सय ७५ जनाको मृत्यु भइसककेो छ । त्यस्तै लेबनानमा कम्तिमा २ हजार २ सय ९० जना मारिएका छन् ।

इजरायलमा कम्तिमा २३ जना मारिएका छन् । अरब क्षेत्रका देशमा पनि मानिसहरु मारिएका छन् । त्यसैगरी अमेरिकाका १३ जना सैनिक युद्धमा मारिएका छन् । 

एपी

Link copied successfully