आयतुल्लाह खोमेनेइको संझनामा इरानमा हजारौंले निकाले र्‍याली

सरकारी टेलिभिजनले प्रसारण गरेको फुटेजमा बिहीबार इरानभर हजारौं मानिसहरूले स्मृति जुलुसमा भाग लिएको देखाइएको छ ।

चैत्र २७, २०८२

कान्तिपुर संवाददाता

Thousands rally in Iran to remember Ayatollah Khomeini

काठमाडौँ — इरानमा पूर्वसर्वोच्च नेता आयतुल्लाह खोमेनेइको संझनामा दशौं हजारले ¥याली निकालेका छन् । खोमेनेइको निधन भएको बिहीबार ४० औं दिन पुग्यो ।

२८ फेब्रुअरीमा अमेरिका र इजरायलको आक्रमणमा मारिनुअघिसम्म झन्डै ४० वर्षसम्म उनी इरानको सर्वोच्च नेता थिए । अहिले उनका छोरा मोज्ताबा खोमेनेइ इरानको सर्वोच्च नेता छन् ।

सरकारी टेलिभिजनले प्रसारण गरेको फुटेजमा बिहीबार इरानभर हजारौं मानिसहरूले स्मृति जुलुसमा भाग लिएको देखाइएको छ । उर्मिया, गोर्गन, राजधानी तेहरान लगायतका शहरहरूमा खोमेनेइको तस्विर बोकेर मानिसहरु भेला भएका थिए ।

बिहान ९ः४० बजे राष्ट्रिय श्रद्धाञ्जली सुरु भएको थियो । 

कान्तिपुर

Link copied successfully