अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि इरानले देशभरका युवाहरुलाई एकजुट हुन र आफ्नो समर्थन दिन अपील गरेको छ ।
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि इरानले देशभरका युवाहरुलाई एकजुट हुन र आफ्नो समर्थन दिन अपील गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम अलजजीराको रिपोर्ट अनुसार इरानी सरकारले कैयौं विश्वविद्यालयका विद्यार्थी, कलाकार, खेलाडी र युवा संगठनहरुलाई मंगलबार पावर प्लान्ट आसपास मानव श्रृंखला बनाएर उभिन अपील गरिएको छ ।
यसको उद्देश्य सार्वजनिक संरचनामा अमेरिकी आक्रमणको विरोध गर्नु रहेको बताइएको छ । यसअघि ट्रम्पले इरानलाई हर्मुज खोल्न र युद्धविरामका लागि ४८ घण्टाको अविधि दिएका थिए । उक्त समय मंगलबार (पूर्वीय समयअनुसार) राति ८ बजे सकिँदैछ । नेपाली समयअनुसार बुधबार बिहान ५:४५ मा सकिनेछ ।
ट्रम्पले सोमबार इरानलाई एकै रातमा नष्ट गर्नसक्ने र त्यो मंगलबार नै हुनसक्ने चेतावनी दिएका थिए । सञ्चार माध्यमसँग कुरा गर्दै उनले भने, ‘हामीसँग एउटा योजना छ । इरानमा मंगलबार राति हरेक पुल नष्ट गरिनेछ । हरेक पावर प्लान्ट बिजनेसभन्दा बाहिर हुन्छन् । उनीहरु त्यसलाई कहिले प्रयोग गर्न लायक नै बच्ने छैनन् र यो सबै मात्र ४ घण्टामा हुनसक्नेछ ।’
यता इजरायलले सोमबार इरानको बुशहर नेभी बेसमा आक्रमण गरेको छ । यहाँ नेभल बेसका साथै एयरफोर्स बेस, एयर डिफेन्स सिस्टम, मिसाइल र ड्रोनको अन्डरग्राउन्ड स्टोर रहेको बताइएको छ । सोमबार नै इरानले पनि इजरायलको पेटाह टिकवा सहरमा मिसाइल आक्रमण गरेको छ । उक्त आक्रमणमा एक महिला गम्भीर घाइते भएको इजरायली सञ्चार माध्यमले जनाएका छन् ।
पावर प्लान्ट क्षेत्रमा मानव श्रृंखला बनाउन अपील
इरान सरकारले अमेरिकी आक्रमणबाट पावर प्लान्ट र ठूला संरचनालाई जोगाउन आफ्ना नागरिकहरुलाई ती क्षेत्रमा मानव श्रृंखला बनाउन अपील गरेको छ । इरानका युवा र खेल मामलाका उपमन्त्री अलीरेजा रहीमीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हामी सबै हातमा हात बाँधेर सार्वजनिक संरचनामा आक्रमण गर्नु युद्ध अपराध हो भनेर भन्नेछौं ।’
अमेरिकी सेनाले इरानविरुद्ध जारी युद्धमा अहिलेसम्म १३ हजारभन्दा धेरै क्षेत्रलाई निशाना बनाइएको बताएको छ । अमेरिकी सेन्ट्रल कमान्डले सामाजिक सञ्जालमार्फत् उक्त जानकारी दिएको हो । उसका अनुसार यी आक्रमणमा इरानका १५५ भन्दा धेरै जहाजमा क्षति पुगेको छ । एजेन्सीहरुको सहयोगमा
