इरानलाई एकै रातमा समाप्त गरिदिने ट्रम्पको चेतावनी

समयसीमाभित्र हर्मुज जलघाँटी नखोले इरानलाई एकै रातमा ध्वस्त गरिदिने चेतावनी ट्रम्पले दिएका छन् । उनले इरानका पुल र ऊर्जा केन्द्रहरूमा प्रहार गर्ने आफ्नो धम्की दोहोर्‍याएका छन् ।

चैत्र २४, २०८२

कान्तिपुर संवाददाता

Trump threatens to destroy Iran overnight

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलघाँटी खोल्नका लागि इरानलाई दिएको पछिल्लो ४८ घण्टे समयसीमा पूर्वीय समयअनुसार मंगलबार ८ बजे सकिदैंछ । जो, नेपाली समयअनुसार बुधबार बिहान ४ः४५ हो । 

समयसीमाभित्र हर्मुज जलघाँटी नखोले इरानलाई एकै रातमा ध्वस्त गरिदिने चेतावनी ट्रम्पले दिएका छन् । उनले इरानका पुल र ऊर्जा केन्द्रहरूमा प्रहार गर्ने आफ्नो धम्की दोहोर्‍याएका छन् । 

उनले आफ्नो स्वतन्त्रता सुरक्षित गर्नका लागि इरानी जनता पीडित हुन तयार रहेको पनि दाबी गरे ।

यसअघि विपक्षी डेमोक्रेटिक पार्टीका नेताहरुले ऊर्जा केन्द्र तथा पुलमाथि हुने आक्रमण मानवताविरुद्धको अपराध हुने भन्दै राष्ट्रपति ट्रम्पको आलोचना गरेका थिए । 

कान्तिपुर

Link copied successfully