खसालिएको अमेरिकी लडाकु विमानका दोस्रो पाइलटको उद्धार

इरानी सेनाले खसालेको अमेरिकी लडाकु विमान एफ–१५ई का अर्का पाइलटको पनि उद्धार भएको छ।

चैत्र २२, २०८२

कान्तिपुर संवाददाता

Second pilot of downed US fighter jet rescued

काठमाडौँ — इरानी सेनाले खसालेको अमेरिकी लडाकु विमान एफ–१५ई का अर्का पाइलटको पनि उद्धार भएको छ।

समाचार संस्था अल जजिराले अमेरिकी सरकारका एक अधिकारीलाई उद्धृत गर्दै भीषण गोलीबारीपछि दोस्रो पाइलटको उद्धार भएको उल्लेख गरेको छ।

इरानी सेनाले शुक्रबार आफ्नो वायु प्रतिरक्षा प्रणालीले एउटा एफ–१५ई विमान पूर्णरूपमा नष्ट गरेको बताएको थियो।

उक्त विमान इरानको दक्षिण–पश्चिम भागमा खसेको थियो। विमानमा दुई पाइलटमध्ये एक जनाको शनिबार उद्धार गरिएको थियो।

हराइरहेका अर्का पाइलटको खोजीमा अमेरिकी सेनाले लडाकु विमान र हेलिकप्टर परिचालन गरेको थियो।

पाइलटलाई जिवितै पक्राउ गरेर बुझाउनेलाई इरानले ६० हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।

कान्तिपुर

Link copied successfully