इन्डोनेसियामा ७.४ रेक्टरको भूकम्प, सुनामीको चेतावनी

सुनामीको असर भूकम्पको केन्द्रविन्दुदेखि एक हजार किलोमिटरसम्मको क्षेत्रमा देखापर्ने बताइएको छ।

चैत्र १९, २०८२

कान्तिपुर संवाददाता

7.4 magnitude earthquake hits Indonesia, tsunami warning issued

काठमाडौँ — इन्डोनेसियामा ७.४ रेक्टर स्केलको भूकम्प गएको छ। स्थानीय समयअनुसार बिहीबार बिहान ६ : ४८ बजे भूकम्प गएको थियो।

भूकम्पको केन्द्रविन्दु मनाडो र टर्नेट सहर रहेको बताइएको छ। यी दुवै इन्डोनेसियाको राजधानीभन्दा निकै टाढाका टापु सहर हुन्। मानवीय क्षतिको विवरण भने आइसकेको छैन।

भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ। सुनामीको असर भूकम्पको केन्द्रविन्दुदेखि एक हजार किलोमिटरसम्मको क्षेत्रमा देखापर्ने बताइएको छ।

यसले फिलिपिन्स र मलेसियासम्म असर गर्नेछ।

कान्तिपुर

Link copied successfully