'बेलायतजस्ता देशले हर्मुजको घाँटीमा गएर तेल ल्याउने हिम्मत राख्नुपर्छ,' उनले सामाजिक सञ्जालमा ट्रुथमा लेखे ।
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धमा असहयोग गरेको भन्दै आफ्ना युरोपेली साझेदारहरुको आलोचना गरेका छन् ।
'बेलायतजस्ता देशले हर्मुजको घाँटीमा गएर तेल ल्याउने हिम्मत राख्नुपर्छ,' उनले सामाजिक सञ्जालमा ट्रुथमा लेखे ।
'तिमीहरुले आफ्ना लागि कसरी लड्ने भनेर सिक्न सुरु गर्नुपर्छ । तिमीहरुलाई सहयोग गर्नका लागि अमेरिका हुनेछैन । जसरी तिमीहरु हाम्रा लागि थिएनौं ,' इरान युद्धमा सहभागि हुन अस्विकार गरेका देशहरुको आलोचना गर्दै ट्रम्पले लेखे ।
उनले ती देशहरुले इन्धन अभाव हुँदा अमेरिकासँग जेट इन्धन खरिद गर्नसक्ने बताए । तर त्यसमा जरिवाना लाग्ने धम्की पनि दिए ।
'मुल रुपमा इरान ध्वस्त भइसकेको छ । कठिन काम भइसकेको छ । अब आफ्नो तेल आफैं निकाल !!!' ट्रम्पले लेखे ।
