युद्धले इरानमा ९२ हजारभन्दा धेरै भवनमा क्षति : रेड क्रेस्सेन्ट

पश्चिम एशियाका सबै देशमा युद्धको प्रभाव देखिएको छ ।

चैत्र १३, २०८२

कान्तिपुर संवाददाता

War damages more than 92,000 buildings in Iran: Red Crescent

काठमाडौँ — अमेरिका–इजरायलको आक्रमणले इरानमा ९२ हजारभन्दा धेरै भवनमा क्षति पुगेको इरानी रेड क्रेस्सेन्टले जनाएको छ ।

९२ हजार ६ सय ६३ वटा क्षतिग्रस्त भवनमध्ये ७१ हजार ३ सय ५६ वटा विद्यालय, २० हजार ३ सय ९९ वटा व्यवसाहिक भवन, २ सय ९० वटा स्वास्थ्य पूर्वाधार र ६ सय वटा विद्यालय छन् । 

युद्धले यस अतिरिक्त रेड क्रेस्सेन्ट सेन्टरका १७ वटा पूर्वाधार ध्वस्त भएका छन् । रेड क्रेस्सेन्टका ४६ वटा एम्बुलेन्स र तीनवटा उद्धार हेलिकप्टर पनि क्षतिग्रस्त भएको रेड क्रेस्सेन्टले जनाएको छ । 

२८ फेब्रुअरीदेखि सुरु भएको युद्धमा इरानमा १५ सयभन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै ठूलो संख्यामा मानिस बिस्थापित भएका छन् ।

पश्चिम एशियाका सबै देशमा युद्धको प्रभाव देखिएको छ । इजरायलमा पनि ठूलो संख्यामा मानिस मारिएका छन् । 

युद्धले वैश्विक रुपमा इन्धनको संकट र मुल्यवृद्धि निम्त्याएको छ ।

कान्तिपुर

Link copied successfully