फरक-फरक मध्यस्थकर्ताबाट अमेरिकाले सन्देश पठाउन सुरु गरेको छ : इरानी विदेशमन्त्री

इरानका विदेशमन्त्री अब्बास अरागचीले केही दिनदेखि अमेरिकाले अलग–अलग मध्यस्थकर्तामार्फत सन्देश पठाउन सुरु गरेको बताएका छन्।

चैत्र १२, २०८२

कान्तिपुर संवाददाता

US has started sending messages through different intermediaries: Iranian Foreign Minister

What you should know

काठमाडौँ — इरानका विदेशमन्त्री अब्बास अरागचीले केही दिनदेखि अमेरिकाले अलग–अलग मध्यस्थकर्तामार्फत सन्देश पठाउन सुरु गरेको बताएका छन्।

इरानको एक सरकारी टिभीलाई दिएको अन्तर्वार्तामा उनले यस्तो सन्देश ‘मित्रवत् देश’ मार्फत पठाइएको र इरानले आफ्नो ‘अवस्था बताउँदै चेतावनी दिँदै’ जवाफ दिएको बताए।

उनले भने, ‘यो त न कुराकानी हो, न मोलभाव, न त अरू केही।’

उनले थपे, ‘इरानको नीति अहिले पनि आफ्नो सुरक्षा गर्नु हो र अहिले कुराकानीको कुनै चाहना छैन।’

उनले यो इजरायलको लडाइँ भएको र अमेरिकासहित यस क्षेत्रका सबैले यसको मूल्य चुकाइरहेको बताए।

‘यो इजरायलको लडाइँ हो र अमेरिकासहित यस क्षेत्रका जनता यसको मूल्य चुकाइरहेका छन्।’

कान्तिपुर

Link copied successfully