कोलम्बियामा सैन्य विमान दुर्घटना : कम्तीमा ६६ जनाको मृत्यु

अमेरिकामा बनेको सी-१३० हरक्युलिस जहाज दुर्घटनामा परेको हो

चैत्र १०, २०८२

कान्तिपुर संवाददाता

Military plane crash in Colombia: At least 66 dead

काठमाडौँ — दक्षिण अमेरिकी देश कोलम्बियामा सेनाको विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार मुलुकको दक्षिणी भेगमा उक्त विमान टेकअफलगत्तै दुर्घटनामा परेको थियो । 

कोलम्बियाली वायु सेनाका कमान्डर  कार्लोस फर्नान्डो सिल्भा रुएडाका अनुसार विमानमा ११४ सैनिक र ११ जना क्रु मेम्बर थिए । अमेरिकामा बनेको सी-१३० हरक्युलिस जहाज सैनिकहरू ओसारपसारका लागि प्रयोग भइरहेको थियो । लकहिडको डिजाइन र निर्माणमा तयार भएको जहाजमा ४ वटा टर्बोप्रोप इन्जिन हुन्छ । जुन जहाजले छोटो र सामान्य धावनमार्गबाट पनि अवतरण र उडान भर्न सक्छ ।

उक्त जहाज पुटुमायो प्रान्तको लेगुइजामो सहर नजिकै दुर्घटनामा परेको हो । कोलम्बियाली अधिकारीहरूले अहिले पनि उद्धार कार्य जारी रहेको बताएका छन् ।  बीबीसीका अनुसार यो कोलम्बियाली वायु सेनाको पछिल्लो इतिहासमा सबैभन्दा ठूलो दुर्घटना हो । 

कान्तिपुर

Link copied successfully