इरानसँग फलदायी वार्ता भएको ट्रम्पको भनाइ, ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न निर्देशन

ट्रम्पले सोमबार बिहान सोशल प्लेटफर्म ट्रुथमा लेखेका छन्- संयुक्त राज्य अमेरिका र इरानबीच मध्यपूर्वमा जारी द्वन्द्व समाधानको बारेमा विगत दुई दिनमा धेरै राम्रो र फलदायी कुराकानी भएको छ ।

चैत्र ९, २०८२

रासस

Trump says talks with Iran productive, orders to stop attacks on energy infrastructure

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार तेहरानसँग ‘धेरै राम्रो र फलदायी वार्ता’ पछि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न आदेश दिएको बताएका छन् । 

आफ्नो पूर्व चेतावनी बमोजिम अघि नबढ्न र कारबाही रोक्न अमेरिकी र इजरायली सेनालाई आदेश दिएको उनले बताएका हुन् । वार्ता यो हप्ताभर जारी रहने उनको भनाइ छ ।

ट्रम्पले सोमबार बिहान सोशल प्लेटफर्म ट्रुथमा लेखेका छन्- संयुक्त राज्य अमेरिका र इरानबीच मध्यपूर्वमा जारी द्वन्द्व समाधानको बारेमा विगत दुई दिनमा धेरै राम्रो र फलदायी कुराकानी भएको छ ।

उनले भने, 'हप्ताभरि जारी रहने यो रचनात्मक वार्ताको प्रतिबद्धतालाई ध्यानमा राख्दै मैले युद्ध विभागलाई इरानको ऊर्जा प्लान्ट र पूर्वाधारमा सबै सैन्य आक्रमणहरू ५ दिनका लागि स्थगित गर्न निर्देशन दिएको छु । यो निर्णय बैठक र छलफलको सफलतामा निर्भर हुनेछ ।' 

रासस

Link copied successfully