न्युयोर्कको ला गार्डिया विमानस्थलमा प्लेनले दियो दमकललाई ठक्कर

फ्लाइट राडर २४ का अनुसार दमकललाई ठक्कर दिँदा यो विमानको गति ३९ किलोमिटर प्रतिघण्टा थियो ।

चैत्र ९, २०८२

कान्तिपुर संवाददाता

Plane hits fire truck at New York's LaGuardia Airport

काठमाडौँ — क्यानाडाको मोन्ट्रियलबाट आइरहेको एयर क्यानाडा एक्सप्रेस फ्लाइट ८६४६ ले न्युर्योकको ला गार्डिया विमानस्थलमा दमकललाई ठक्कर दिएको छ ।

सीआरजे ९०० मोडेलको यस विमानमा ७० देखि ९० जना सवार भएको बताइएको छ । केही यात्रु घाइते भएका छन् । 

यस घटनापछि विमानस्थल तत्कालका लागि बन्द गरिएको छ । न्युर्योक प्रहरीले एएफपी न्युज एजेन्सीसँग विमानस्थलमा रहेका गाडीसँग विमान ठोक्किएको बताए ।

त्यस्तै दमकल विभागले विज्ञप्ति जारी गर्दै रन वे फोरमा विमान र दमकल ठोक्किएको खबर प्राप्त भएको जनायो ।

फ्लाइट राडर २४ का अनुसार दमकललाई ठक्कर दिँदा यो विमानको गति ३९ किलोमिटर प्रतिघण्टा थियो । यस विमानलाई जाज एभियसनले सञ्चालन गर्छ ।

सामाजिक सञ्जालमा फैलिएका तस्विरहरुमा प्लेनको टुप्पोमै क्षति पुगेको देखिन्छ  ।

कान्तिपुर

Link copied successfully