इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन

इरानको आक्रमणपछि ८८ जना अस्पतालमा भर्ना भएका छन्। तीमध्ये १० जना गम्भीर घाइते, १९ जना मध्यम घाइते र ५५ जनालाई सामान्य चोट लागेको छ।

चैत्र ८, २०८२

कान्तिपुर संवाददाता

Iran's massive attack on Israel, Netanyahu says - Tonight will be very difficult

काठमाडौँ — इरानले इजरायलमा भीषण हवाई हमला गरेको छ। इजरायलको ‘मागेन डेविड एडोम’ नामक आपतकालीन सेवाले दक्षिणी सहर अरदमा इरानी मिसाइल हमलाबाट ठूलो क्षति भएको जनाएको छ।

इरानको आक्रमणपछि ८८ जना अस्पतालमा भर्ना भएका छन्। तीमध्ये १० जना गम्भीर घाइते, १९ जना मध्यम घाइते र ५५ जनालाई सामान्य चोट लागेको छ।

हमलापछि इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले अरदका मेयरसँग कुराकानी गर्दै यसलाई ‘निकै कठिन साँझ’ भनेका छन्।

‘हाम्रो भविष्यका लागि चलिरहेको यस अभियानमा आजको रात निकै कठिन छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले मेरो कार्यालयका महानिर्देशकलाई सबै सरकारी मन्त्रालयसँग समन्वय गरेर आवश्यक सबै सहायता उपलब्ध गराउन निर्देशन दिएको छु।’

नेतन्याहूले इजरायलले सबै मोर्चामा आफ्ना दुश्मनविरुद्ध लडाइँ जारी राख्ने पनि बताएका छन्।

कान्तिपुर

Link copied successfully