ओमान र टर्कीएमा भएका आक्रमणमा इरानको हात नभएको खामेनेईको दाबी

उनले पाकिस्तान र अफगानिस्तानबीच राम्रो सम्बन्धका लागि आह्वान गर्दै आफ्ना तर्फबाट आवश्यक कदम उठाउन तयार रहेको पनि बताएका छन् ।

चैत्र ७, २०८२

कान्तिपुर संवाददाता

Khamenei claims Iran was not involved in attacks in Oman and Turkey

काठमाडौँ — इरानी सुप्रीम लीडर मोजतबा खामेनेईले आफ्नो एक लिखित सन्देशमा टर्कीए र ओमानका केही क्षेत्रमा भएका आक्रमण इरानका तर्फबाट नभएको दाबी गरेका छन् ।

फारसी नयाँ वर्षको अवसरमा उनले जारी गरेको सन्देश सरकारी टेलिभिजनमा पढेर सुनाइएको थियो । दुई पृष्ठको उक्त सन्देशमा उनले इरान आफ्ना पूर्व छिमेकीहरुलाई निकै नजिकको मान्ने गरेको बताएका छन् । यस्तै पाकिस्तानलाई आफ्ना पिता अली खामेनेईको विशेष प्रकारले मन पर्ने देश बताएका छन् । 

उनले पाकिस्तान र अफगानिस्तानबीच राम्रो सम्बन्धका लागि आह्वान गर्दै आफ्ना तर्फबाट आवश्यक कदम उठाउन तयार रहेको पनि बताएका छन् । 

इजरायल–अमेरिकासँग युद्धका बीच छिमेकी देशहरुमा भएका आक्रमणहरुलाई उल्लेख गर्दै उनले भनेका छन्, ‘टर्कीय र ओमान, जोसँग हाम्रो घनिष्ठ सम्बन्ध रहिआएको छ । त्यहाँका केही क्षेत्रमा जुन बक्रमण भए, ती कुनै पनि प्रकारले इस्लामिक रिपब्लिकको सेना या रेजिस्टेन्स फ्रन्टको फोर्सले गरेको होइन ।’

उनले इजरायलमाथि इरान र इरानका छिमेकी देशहरुबीच फुट ल्याउने चाल चालेको आरोपसमेत लगाएका छन् ।

कान्तिपुर

Link copied successfully