युद्धबीच इरानमा शुक्रबार नयाँ वर्ष नुर्वाज मनाइएको छ ।
काठमाडौँ — स्विस कम्पनीहरुले इरानमा युद्ध जारी रहदाँसम्म अमेरिकालाई हतियार बेच्न नपाउने बताएका छन् । तटस्थता आफ्नो मान्यताअनुसार कम्पनीहरूलाई युद्ध अवधिभर अमेरिकामा हतियार बेच्ने अनुमति रद्द गरिएको स्विस सरकारले जनाएको छ ।
इरानी रेड क्रेस्सेन्टका अनुसार अहिलेसम्म इरानमा कम्तिमा २ सय ४ जना बालबालिकाको अमेरिका–इजरायल आक्रमण्मा परेर मृत्यु भइसकेको छ । इरानमा मृतकको संख्या १ हजार ४ सय ४४ पुगिसकेको छ ।
त्यस्तै, लेबनानमा १ हजारभन्दा बढीको मृत्यु भएको छ । युद्धबीच इरानमा शुक्रबार नयाँ वर्ष नाउरुज मनाइएको छ । यद्यपी यहाँ कुनै उल्लास भने थिएन ।
