म जिउँदै छु र तपाईं यसको साक्षी हुनुहुन्छ : नेतन्याहू

इरानी हमलामा मारिएको भन्ने हल्ला सामाजिक सञ्जालमा फैलिएपछि पत्रकार सम्मेलनमा उनले यसबारे स्पष्टीकरण दिएका हुन्।

चैत्र ६, २०८२

कान्तिपुर संवाददाता

I am alive and you are a witness to this: Netanyahu

काठमाडौँ — इजरायलका प्रधानमन्त्री बिन्जामिन नेतन्याहूले आफू जिउँदै रहेको बताएका छन्।

इरानी हमलामा मारिएको भन्ने हल्ला सामाजिक सञ्जालमा फैलिएपछि बिहीबार राति आयोजित पत्रकार सम्मेलनमा उनले यसबारे स्पष्टीकरण दिएका हुन्।

‘म सबैभन्दा पहिले भन्न चाहन्छु कि म जिउँदै छु र तपाईं सबै यसको साक्षी हुनुहुन्छ,’ नेतन्याहूले भने, ‘यसका साथै सबै भ्रामक समाचारको खण्डन गर्छु।’

यसका साथै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा आफ्नो काम बलियोसँग अघि बढिरहेको बताए। ‘राष्ट्रपति ट्रम्पको नेतृत्वमा अमेरिका र इजरायलले बलियो गरी आफ्नो अभियानलाई पूरा गर्दैछौं,’ नेतन्याहूले भने।

यसअघि नेतन्याहूले एक्स अकाउन्टमा एक भिडियो जारी गर्दै इरानमाथिको हमलाबारे जानकारी दिएका थिए। सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले उक्त भिडियो एआईबाट बनाइएको र नेतन्याहूको मृत्यु भएको दाबी गरेका थिए।

त्यसपछि इजरायलको प्रधानमन्त्री कार्यालयले नेतन्याहू मारिएको खबर गलत भएको जनाएको थियो।

कान्तिपुर

Link copied successfully