इरानमा तीन जना सरकार विरोधी प्रदर्शनकारीलाई फाँसी

अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सका अनुसार दुई प्रहरी अधिकारीको हत्यामा दोषी पाइएको आरोपमा ती तीन जनालाई फाँसी दिइएको हो ।

चैत्र ५, २०८२

कान्तिपुर संवाददाता

Three anti-government protesters executed in Iran

काठमाडौँ — इरान सरकारले गत जनवरीमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा प्रहरी हत्या आरोपमा तीन जना प्रदर्शनकारीलाई फाँसी दिइएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सका अनुसार दुई प्रहरी अधिकारीको हत्यामा दोषी पाइएको आरोपमा ती तीन जनालाई फाँसी दिइएको हो । अल जजीराले पनि इरानी सञ्चारमाध्यमलाई उल्लेख गर्दै समाचार प्रकाशन गरेको छ । 

यस वर्षको सुरुवातमै इरानमा सरकारविरुद्ध ठूलो प्रदर्शन भएको थियो । जसमा सरकारका तर्फबाट प्रदर्शनकारीमाथि चरम दबाब उत्पन्न गरिएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका रिपोर्ट अनुसार प्रदर्शनका क्रममा सुरक्षाकर्मीका तर्फबाट चलाइएको गोली लागेर कम्तिमा ३ हजार १ सय १७ प्रदर्शनकारी मारिएका थिए । यता इरान इन्टरनेशनलले केही समयअघि सार्वजनिक गरेको रिपोर्टअनुसार यो संख्या ३२ हजार माथि हुनसक्ने दाबी गरिएको छ । 

ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी (एसआरएएनए)का अनुसार अहिलेसम्म सरकारका तर्फबाट गरिएको दमनमा ६ हजार ८ सय ५४ जना मारिएको पुष्टि भएको छ । ११ हजार २८० भन्दा बढी केसमा भने जाँच जारी रहेको बताइएको छ ।

कान्तिपुर

Link copied successfully