ड्रोन आक्रमणपछि दुबई विमानस्थलमा उडान अवरुद्ध 

आगलागी नियन्त्रणमा आइसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । घटनामा कुनै मानवीय क्षति नभएको उनीहरुले बताएका छन् ।

चैत्र २, २०८२

कान्तिपुर संवाददाता

Flights disrupted at Dubai airport after drone attack

काठमाडौँ — युएइको दुबई विमानस्थलमा उडान स्थगित भएको छ । सोमबार बिहान विमानस्थल नजिकैको इन्धन भण्डारण ट्यांकमा ड्रोन प्रहारपछि आगो लागेको थियो ।

आगलागी नियन्त्रणमा  आइसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । घटनामा कुनै मानवीय क्षति नभएको उनीहरुले बताएका छन् । 

दुबई विश्वको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय हब भएकाले यहाँको सानो अवरोधले पनि विश्वव्यापी उड्डयन सञ्जालमा ठूलो असर पर्ने गरेको छ ।

अमेरिका–इजरायल र इरानबीचको युद्ध तेस्रो सातामा प्रवेश गर्दा खाडीसहित धेरै देशमा हवाई सेवा प्रभावित भएको छ । अमेरिकी आक्रमणको जवाफमा इरानले खाडी राष्ट्रमा रहेका पूर्वाधारमा प्रत्याक्रमण गरिरहेको छ । 

फेब्रुअरी २८ मा युद्ध सुरु भएयता दुबई विमानस्थलमा तेस्रोपटक ड्रोन आक्रमण भइसकेको छ । युद्धकै कारण केही समय सबै उडान स्थगित गरेको दुबइले तीन दिनअघि मात्रै आंशिक रुपमा सेवा सुरु गरेको थियो । तर, यस आक्रमणपछि फेरि सेवा स्थगित भएको छ । 

नयाँ सुचना जारी नहुँदासम्मका लागि सबै उडान स्थगित गरिएको युएइको सरकारी विमान कम्पनी इमिरेट्स एयरलाइन्सले जनाएको छ ।

सम्बन्धित अधिकारीहरुसँग सुरक्षा अवस्थाबारे निरन्तर संवादमा रहेको पनि कम्पनीले जनाएको छ । ‘हामी सम्बन्धित अधिकारीहरुसँग अवस्थाबारे जानकारी लिइरहेका छौं । संभव भएपछि सुरक्षित रुपमा सेवा सञ्चालन गर्नेछौं,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कान्तिपुर

Link copied successfully