दुबई विमानस्थलका सबै उडान अस्थायी रूपमा निलम्बित

यूएईको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अस्थायी रूपमा निलम्बित गरिएको छ।

चैत्र २, २०८२

कान्तिपुर संवाददाता

All flights at Dubai Airport temporarily suspended

काठमाडौँ — यूएईको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अस्थायी रूपमा निलम्बित गरिएको छ।

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आगलागी भएपछि यात्रु र कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको विमानस्थलका अधिकारीहरूले बताएका छन्।

विमानस्थलमा ड्रोन प्रहार भएपछि आगलागी सुरु भएको र त्यसलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ।

यात्रुहरूलाई आफ्नो उडानबारे जानकारी लिन सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरिएको छ।

अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु हुनुअघि दुबई विमानस्थल अन्तर्राष्ट्रिय यात्रुका लागि सबैभन्दा व्यस्त विमानस्थल थियो।

कान्तिपुर

Link copied successfully