‘अति धनी परिवारहरू, बहुराष्ट्रिय कम्पनीका उच्च अधिकारीहरू, खेलकुद टोलीलगायत ठूला समूहहरूले एकैसाथ यात्रा गर्न खोज्दा यस्तो माग बढेको छ ।'
काठमाडौँ — पश्चिम एशियामा अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व सुरु भएसँगै विमान चार्टर गर्नेको संख्या बढेको छ ।
२८ फेब्रुअरीमा सुरु भएको यो युद्धले खाडी क्षेत्रमा कोभिड–१९ महामारीपछिको सबैभन्दा ठूलो हवाई यात्रा अवरोध निम्त्याएको छ ।
निरन्तर क्षेप्यात्र र ड्रोन आक्रमणका कारण व्यावसायिक एयरलाइन्सका उडान स्थगित भएका छन् ।
'नियमित उडान तालिका सीमित वा अनिश्चित हुँदा चार्टर उडानको माग ह्वात्तै बढेको छ,' निजी जेट कम्पनी एयरएक्सका अध्यक्ष तथा संस्थापक जोन म्याथ्युजले सीएनएनसँग मंगलबार भने, 'दशौं हजार यात्रु अलपत्र परेका छन् । केही एयरलाइन्सले सीमित रुट खोल्न थाले पनि मानिसहरु महँगो मूल्य तिरेर निजी जेट चार्टड गरिरहेका छन् ।'
म्याथ्युजले थपे, ‘अति धनी परिवारहरू, बहुराष्ट्रिय कम्पनीका उच्च अधिकारीहरू, खेलकुद टोलीलगायत ठूला समूहहरूले एकैसाथ यात्रा गर्न खोज्दा यस्तो माग बढेको छ ।'
निजी चार्टर कम्पनी एसएचवाई एभिएसनका सीईओ बर्नार्डस भोरस्टरले सीएनएनसँग भने, 'युद्ध सुरु हुनअघि औसतमा दैनिक ओमानको मस्कट, दुबई र साउदी अरबको रियादबाट १० देखि १५ निजी जेट उड्थे । तर गत साता बुधबार यो संख्या ९८ मा पुग्यो ।'
विमानको सीमित उपलब्धता, बीमाको महँगो शुल्क र अधिकांश विमान खाली फर्कनुपर्ने अवस्थाले टिकटको मूलइ बढिरहेको भोरस्टरले बताए ।
