इजरायलको आक्रमणले लेबनानमा १२ स्वास्थ्यकर्मीको मृत्यु

शनिबारै दक्षिण लेबनानको अल सावानामा स्वास्थ्यकर्मीको टोलीमाथि गोली प्रहार हुँदा २ जना मारिएका छन्

फाल्गुन ३०, २०८२

कान्तिपुर संवाददाता

Israeli attack kills 12 health workers in Lebanon

काठमाडौँ — इजरायली वायु सेनाको आक्रमणबाट दक्षिण लेबनानको बोरज शहरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कम्तिमा १२ जना स्वास्थ्यकर्मी मारिएका छन् । लेबनानको सार्वजनिक स्वास्थ्य मन्त्रालयले शनिबार यसको जानकारी दिएको हो । 

स्वास्थ्य केन्द्रमा हवाई आक्रमण हुँदा डाक्टर, नर्स, प्यारामेडिक तथा अन्य स्वास्थ्यकर्मी मारिएको मन्त्रालयले जनाएको छ । उद्धार तथा बेपत्तको खोजी जारी रहेकाले मृतक संख्या अझै बढ्न सक्ने आशंका छ । 

शनिबारै दक्षिण लेबनानको अल सावानामा स्वास्थ्यकर्मीको टोलीमाथि गोली प्रहार हुँदा २ जना मारिएका छन् ।

स्वास्थ्य पूर्वाधार र स्वास्थ्यकर्मीमाथिको निरन्तर आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन भन्दै लेबनान सरकारले कडा निन्दा गरेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार मार्च २ यता इजरायलको आक्रमणका कारण देशभर कम्तिमा ७७३ जना मारिएका छन् ।

त्यसमध्ये  १०३ जना बालबालिका रहेको र घाइतेको संख्या कम्तिमा १,९३३ पुगेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

कान्तिपुर

Link copied successfully