इराकमा अमेरिकी रिफ्युलिङ विमान दुर्घटना

दुर्घटनामा परेको रिफ्युलिङ विमानले अर्को लडाकु विमानमा आकाशमै इन्धन भरिरहेको थियो।

फाल्गुन २९, २०८२

कान्तिपुर संवाददाता

US refueling plane crashes in Iraq

काठमाडौँ — अमेरिकी सेनाको एक विमान इराकमा दुर्घटनाग्रस्त भएको छ।

केसी–१३५ रिफ्युलिङ विमान दुर्घटनाग्रस्त भएको र यो  इराकको हवाई क्षेत्रमा रहेको अमेरिकी सेनाले पुष्टि गरेको छ।

अर्को एक विमान भने दुर्घटनाबाट जोगिएको र सुरक्षित अवतरण गरेको बताइएको छ।

दुर्घटनामा परेको रिफ्युलिङ विमानले अर्को लडाकु विमानमा आकाशमै इन्धन भरिरहेको थियो।

विमान दुर्घटनामा पर्नुको खास कारण अहिलेसम्म खुलेको छैन। तर यी दुई विमान आकाशमै ठोक्किएको आशंका गरिएको छ।

विमानमा कति जना सवार थिए भन्नेबारे पनि अहिलेसम्म कुनै जानकारी आएको छैन।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डले यो विमान इराकको हवाई क्षेत्रमै रहेको बताएको भए पनि इरानबाट कति टाढा थियो भन्ने जानकारी पनि दिएको छैन।

युद्धमा रिफ्युलिङ विमानको भूमिकालाई धेरै महत्वपूर्ण मानिन्छ। यसले लडाकु विमान र बमवर्षक विमानलाई आकाशमै इन्धन भरेर लामो दूरी तय गर्न सहयोग पुर्‍याउँछ।

कान्तिपुर

Link copied successfully