इरान-अमेरिका युद्धको असर: पाकिस्तानमा विद्यालय बन्द, सरकारी काम चार दिनमात्रै

युएई र साउदी अबेरियाको तेलमा अत्यधिक निर्भर रहेको पाकिस्तानमा हर्मुज घाँटी बन्दपछि प्रत्यक्ष रुपमा ठूलो असर देखिएको छ ।

फाल्गुन २७, २०८२

कान्तिपुर संवाददाता

Impact of Iran-US war: Schools closed in Pakistan, government work limited to four days

काठमाडौँ — पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले सोमबार इन्धनको प्रयोग कम गर्न  विभिन्न उपायहरू अबलम्बन गर्नेे घोषणा गरेका छन् । जसमा विद्यालय बिदा, सरकारी कर्मचारीहरुको दैनिक कार्यघण्टा कटौतीलगायत पर्छ ।

पाकिस्तानभरका प्राथमिक तथा माध्यमिक विद्यालयहरू आगामी सोमबारदेखि दुई हप्ताका लागि बिदा हुने कार्यक्रम छ । झन्डै २५ करोड जनसंख्या पाकिस्तानमा लगभग ४ करोड बालबालिका विद्यालयमा अध्ययन गर्छन् । सरकारले कलेज र विश्वविद्यालयहरू अनलाइनमार्फत सञ्चालन गरिने जनाएको छ । 

बैंक र अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालयहरू हप्तामा चार दिनमात्रै सञ्चालन हुनेछ । आधा कर्मचारीले घरबाटै काम गर्नेछन् ।  

इरानसँगको अमेरिका–इजरायल युद्धले उत्पन्न आर्थिक तनाव तथा इन्धन संकटबीच पाकिस्तानले यस्तो निर्णय गरेको हो ।

रेडियो पाकिस्तानअनुसार सरकारी सवारी साधनहरुले दुई महिनाका लागि साबिक तोकिएभन्दा आधामात्रै इन्धन भर्न पाउनेछन् । एम्बुलेन्स-सार्वजनिक बसहरूमा भने यो नियम लागू हुनेछैन । 

क्याबिनेट मन्त्री र सल्लाहकारहरूले आफ्नो तलब र भत्ता त्याग्ने पनि प्रधानमन्त्री शरीफले बताएका छन् । संघीय र प्रान्तीय सांसद् सदस्यहरूले २५% तलब स्वइच्छाले कटौती गर्ने अपेक्षा गरिएको उनले बताए । जुन २०२६ अघि नयाँ सवारी साधन खरिद गर्न पनि रोक लगाइएको छ । 

इरानले हर्मुजको घाँटीमा हुँदै आउने जहाजलाई रोकेपछि विश्वव्यापी रुपमा तेल, ग्याँस तथा अन्य विभिन्न सामाग्रीको अभाव उत्पन्न भएको छ ।

युएई र साउदी अबेरियाको तेलमा अत्यधिक निर्भर रहेको पाकिस्तानमा हर्मुज घाँटी बन्दपछि प्रत्यक्ष रुपमा ठूलो असर देखिएको छ ।

यहाँ पेट्रोल र डिजेलको मुल्य ५५ पाकिस्तानी रुपैयाँले बढेको छ । मानिसहरुले तेल महँगो तेल हाल्नका लागि पनि ठूलो लाइन बस्नुपरेको छ । 

‘अर्थतन्त्रलाई स्थिर बनाउन हामीले कठिन निर्णयहरू लिएका छौं,’ प्रधानमन्त्री शरीफले राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै भने । 

कान्तिपुर

Link copied successfully