टेस्ला र स्पेस एक्सका सिईओ मस्कको सम्पत्ति सन् २०२५ को दाँजोमा ४ सय ९७ बिलियनले बढेको छ । उनको कुल सम्पत्ति ८ सय ३९ बिलियन पुगेको छ ।
काठमाडौँ — दक्षिण अफ्रिकामा जन्मिएका अमेरिकी व्यवसायी इलोन मस्क फोर्ब्स म्यागेजिनले निकालेको विश्वकै धनाढ्यको सुचीमा पहिलो नम्बरमा कायम रहेका छन् । यस सुचीमा ३ हजार ४ सय २८ जना खर्बपतिहरुको नाम समावेश छ ।
गत वर्षको दाँजोमा ४ सय जना खर्बपति बढेका हुन् । यी सबै खर्बपतिहरुको सम्पत्ति जोड्न किर्तिमानी २० दशमलव १ ट्रिलियन अमेरिकी डलर हुन आउँछ ।
टेस्ला र स्पेस एक्सका सिईओ मस्कको सम्पत्ति सन् २०२५ को दाँजोमा ४ सय ९७ बिलियनले बढेको छ । उनको कुल सम्पत्ति ८ सय ३९ बिलियन पुगेको छ ।
सुचीको दोस्रो स्थानमा रहेका लारी पेजको सम्पत्ति २ सय ५७ बिलियन डलर छ । त्यस्ते तेस्रो स्थानका सर्जेइ ब्रिनको सम्पत्ति २ सय ३७ बिलियन डलर, चौथो स्थानमा जेफ बेजोसको सम्पत्ति २ सय २४ बिलियन डलर र फेसबुकका संस्थापक मार्क जुकेरवर्गको सम्पत्ति २ सय २२ बिलियन डलर छ ।
कुनै समय विश्वकै धनाढ्य व्यक्ति रहेका बिल गेट्स अहिले १९ औं नम्बरमा छन् । उनीसँग १ सय ८ बिलियन डलर बराबरको सम्पत्ति छ ।
नेपालका उद्योगपति विनोद चौधरी खर्बपतिहरूको सुचीमा १९८२ औं स्थानमा छन् । उनको सम्पत्ति २ दशमलव १ बिलियन डलर छ । गत वर्ष उनको सम्पत्ति २ बिलियन डलर थियो ।
