इरानसँगको युद्धमा १४० अमेरिकी सैनिक घाइते

पेन्टागनका प्रवक्ता सान पार्नेलले घाइतेहरुमध्ये धेरैलाई सामान्य चोट लागेको र १०८ जना सैनिक फेरि ड्युटीमा फर्किएको बताए।

फाल्गुन २७, २०८२

कान्तिपुर संवाददाता

140 US soldiers injured in war with Iran

काठमाडौँ — अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँग युद्ध सुरु भएयता अहिलेसम्म करिब १४० अमेरिकी सैनिक घाइते भएको बताएको छ।

पेन्टागनका प्रवक्ता सान पार्नेलले घाइतेहरुमध्ये धेरैलाई सामान्य चोट लागेको र १०८ जना सैनिक फेरि ड्युटीमा फर्किएको बताए।

आठ सैनिक गम्भीर घाइते भएको र उनीहरुलाई राम्रो उपचार सुविधा दिएको उनको भनाइ छ।

अमेरिका र इजरायलले २८ फ्रेब्रुवरीमा इरानमाथि हमला गरेका थिए। जवाफमा इरानले पनि ड्रोन र मिसाइल आक्रमण गरिरहेको छ। 

कान्तिपुर

Link copied successfully