'हामी बलियो अवस्थामा छौँ । हाम्रो हात माथि छ । युद्ध कहिले अन्त्य गर्ने निर्णय पनि हामीले नै गर्नेछौँ,’ घरिवावादीले भने ।
काठमाडौँ — इरानका उप–विदेशमन्त्री काजेम घरिबाबादीले युद्धमा इरानको हात माथि रहेको दाबी गरेका छन् । अमेरिका–इजरायलले युद्ध सुरु गरेर गलत गरेको दाबी उनले गरे ।
‘इरानले इजरायल र अमेरिकालाई ठूलो क्षति पुर्याइसकेको छ । विश्वभर यसको असर देखिएको छ । विश्व ऊर्जा बाजार र विश्व अर्थतन्त्रको अवस्थामात्र हेर्नुस् । अब हामी बलियो अवस्थामा छौँ । हाम्रो हात माथि छ । युद्ध कहिले अन्त्य गर्ने निर्णय पनि हामीले नै गर्नेछौँ,’ उनले भने ।
यसअघि नै चीन, फ्रान्स र रुसले युद्धविरामको पहल गरेको उनले बताए । ‘अमेरिका र इजरायलले युद्धविराम चाहदैंमा हुँदैन । युद्ध अन्त्य यतिबेलामात्रै सम्भव हुन्छ, जब इरानले फेरि आक्रमण नहुने ग्यारेन्टी पाउँछ ।’ उनले अमेरिका–इजरायलका योजना असफल भइसकेको दाबी गरे ।
