शक्तिशाली मिसाइल प्रयोग गर्ने तेहरानको चेतावनी, ट्रम्पसँग वार्ता अस्विकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मिसाइल कार्यक्रम ध्वस्त भइसकेको दाबी गरेका थिए । उनले चाडैं नै युद्ध सकिने बताएका थिए ।

फाल्गुन २६, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — इरानको इस्लामिक रिभोल्युशनरी गार्ड्स कोप्र्स (आईआरजीसी) ले अमेरिका–इजरायलविरुद्ध जारी युद्धमा शक्तिशाली मिसाइल प्रहार गरिने बताएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मिसाइल कार्यक्रम ध्वस्त भइसकेको दाबी गरेका थिए । उनले चाडैं नै युद्ध सकिने बताएका थिए । तर, आईआरजीसीले दाबी खण्डन गरेको छ । उसले आफुसँग शक्तिशाली मिसाइलहरु रहेको दाबी गरेको छ ।

ट्रम्पले हर्मुजको घाँटीबाट तेल ट्यांकर रोक्ने प्रयत्न भएमा इरानमाथि २० गुणा शक्तिशाली प्रहार गरिने चेतावनी पनि दिएका थिए । तर इरानले युद्धमा आत्मसमर्पण नगर्ने जनाएको छ । 

इरानले बहराइन, कुवेत, युएई, साउदी अरबसहित पश्चिम एशियाका विभिन्न क्षेत्रमा प्रत्याक्रमण जारी नै राखेको छ । मंगलबार बहराइनको मनामामा एक जनाको मृत्यु भएको छ भने इजरायलको राजधानी आसपास दुई जनाको मृत्यु भएको छ ।

सोमबार मध्यराति अमेरिकाले गरेको शक्तिशाली आक्रमणमा तेहरानको रिसालात स्क्वायर नजिकै कम्तिमा ४० जनाले ज्यान गुमाएका छन् । त्यसैगरी लेबनानमा इजरायल र हिजबुल्लाहबीच लडाइँ जारी छ ।  इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या लेबनानमा ४८६ नाघिसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । 

कान्तिपुर

Link copied successfully