'रूसले दिइरहेछ इरानलाई अमेरिकी सेनाबारे गोप्य जानकारी'

मस्कोले आफ्ना अत्याधुनिक ओभरहेड स्याटेलाइट तस्विरमार्फत प्राप्त हुने अधिकांश जानकारी इरानलाई साझा गरेको छ ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

'Russia is giving Iran secret information about the US military'

काठमाडौँ — रुसले इरानसँग अमेरिकी सेना, जहाज र विमानबारे आवश्यक गोप्य जानकारी साटासाट गरिरहेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी गुप्तचरसँग सम्बन्धित व्यक्तिहरुलाई यस्तो दाबी गरेका हुन् । 

मस्कोले आफ्ना अत्याधुनिक ओभरहेड स्याटेलाइट तस्विरमार्फत प्राप्त हुने अधिकांश जानकारी  इरानलाई साझा गरेको छ ।

रुसबाट गोप्य जानकारी हासिल गरेरमात्रै इरानले प्रत्याक्रमण गरेको हुनसक्ने दाबी वासिङटन पोस्टमा प्रकाशित समाचारमा गरिएको थियो । तर, यो स्पष्ट भइसकको छैन । पछिल्ला दिनमा इरानी ड्रोनहरुले त्यही स्थानमा आक्रमण गरेका छन्, जहाँ अमेरिकी सेना तैनाथ छ ।  आइतबार अमेरिकी सेना बस्ने कुवेतस्थित अखडामा इरानले आक्रमण गर्दा ६ जना अमेरिकी सैनिकको मृत्यु भएको थियो । 

गुप्तचर विभागका एक सदस्यले भनेका छन्, ‘रुसले अझै इरानलाई धेरै माया गर्छ भन्ने यसले देखाउ‘छ ।’

अमेरिकी गुप्तचरले इरानलाई चीनले थप आर्थिक सहयोग तथा मिसाइलको कम्पोनेन्ट प्रदान गर्ने तयारी गरेको पनि जनाएको छ । सीएनएनसँग तीनजना सम्बन्धित स्रोतले यस विषय बताएका हुन् । यद्यपी, अहिलेसम्म चीन युद्धमा संलग्न छैन । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि अमेरिकी पत्रकारहरूले यस विषयमा पत्रकार राखेका छन् ।

अमेरिकी पत्रकारहरुले यस विषयमा राखेको प्रश्नलाई डोनाल्ड ट्रम्पले मोड्न खोजेका छन् । ' यो समयमा सोधिएको यो कस्तो मुर्ख प्रश्‍न हो । हामी अरू केहीबारे चर्चा गर्दैछौं,' ह्वाइटहाउसमा आयोजति एक कार्यक्रममा सोधिएको प्रश्‍नको जवाफमा ट्रम्पले भने । 

कान्तिपुर

Link copied successfully