साउदी अरेबिया, कतार र बहरानले बिहीबार राति इरानले प्रहार गरेका क्षेप्यास्त्र खसालिएको बताएका छन् ।
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग निशर्त आत्मसमर्पणबाहेक अरु विकल्प नरहेको बताएका छन् । उनले इरानसँग कुनै सम्झौता नहुने बताए ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा ट्रम्पले लेखेका छन्,‘ आत्मसमर्पण र महान् तथा स्विकार्य नेताको छनोटपछि हामी र हाम्रा बहादूर सहयोगीले इरानलाई विध्वंशबाट बाहिर ल्याउन अहोरात्र काम गर्नेछन् । यसलाई आर्थिक रुपमा बलियो र पहिलेभन्दा राम्रो बनाइनेछ । इरानसँग राम्रो भविष्य छ । मेक इरान ग्रेट अगेन ।’
यसअघि बिहीबार मध्यराति इजरायली सेनाले तेहरानस्थित सैन्य कमाण्डको बंकरमा ५० वटा जेट प्लेनमार्फत आक्रमण गरिएको दाबी गरेको छ ।
त्यसक्रममा बंकर ध्वस्त भएको इजरायली सेनाले जनाएको छ । तेहरानका स्थानीयले बीबीसीसँगको कुराकानीमा बिहीबारको रात निकै त्रासदपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । साउदी अरेबिया, कतार र बहरानले बिहीबार राति इरानले प्रहार गरेका क्षेप्यास्त्र खसालिएको बताएका छन् ।
