कुर्दिश सेनाको मुख्यालयमा इरानको आक्रमण

कुर्दिश सेनालाई हतियार दिन लागिएको छैन : ह्वाइटहाउस

फाल्गुन २१, २०८२

कान्तिपुर संवाददाता

Iran attacks Kurdish military headquarters

काठमाडौँ — इरानको सेनाले उत्तरी इराकमा रहेको कुर्दिश सेनाको मुख्यालयलाई निशाना बनाएको बताएको छ ।

इस्लामिक क्रान्तिविरूद्ध खडा भएकाले कुर्दिश सेनामाथि क्षेप्यास्त्र प्रहार गरिएको इरानले जनाएको छ । 

 मंगलबार र बुधबार गरिएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

यसअघि अमेरिकाले इरान विरुद्धको लडाईमा इरानी कुर्दिश सेनालाई पनि सामेल गराउने योजना बनाएको रिपोर्ट विभिन्‍न सञ्चारमाध्यममा प्रकाशित भएको थियो । तर, कुर्दिश सेनालाई हतियार दिने कुनै योजना नरहेको ह्वाइटहाउसले बताएको छ । 

कान्तिपुर

Link copied successfully