इरानले बुधबार बिहान कतारतर्फ १० वटा ड्रोन र २ वटा क्रुज मिसाइल प्रक्षेपण गरेको थियो ।
काठमाडौँ — कतारको रक्षा मन्त्रालयले इरानबाट प्रक्षेपण गरिएका ६ ड्रोन तथा २ क्रुज मिसाइलाई निस्तेज पारेको जनाएको छ ।
इरानले बुधबार बिहान कतारतर्फ १० वटा ड्रोन र २ वटा क्रुज मिसाइल प्रक्षेपण गरेको थियो ।
मन्त्रालयले देशको सार्वभौमिकता र सुरक्षा संरक्षण गर्न सेना पूर्णरूपमा सक्षम रहेको दाबी गरेको छ ।
मन्त्रालयले नागरिक, आवासीय विदेशी तथा आगन्तुकहरूलाई त्रसित नहुन आग्रह गर्दै आधिकारिक निकायबाट जारी सूचनामात्र विश्वास गर्न र सुरक्षासम्बन्धी निर्देशन पालना गर्न अनुरोध गरेको छ ।
हालसम्म उक्त घटनाबाट मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक गरिएको छैन ।
