राजधानी तेहरानसहित विभिन्न क्षेत्रमा इजरायल र अमेरिकाले बुधबार आक्रमण जारी राखेका छन् ।इरानले पनि मध्यपूर्वमा आक्रमण जारी नै राखेको छ ।
काठमाडौँ — अमेरिका–इजरायल आक्रमणमा परेर ५ दिनमा इरानमा ११ सयभन्दा धेरैको मृत्यु भएको छ ।
अमेरिका–इजरायल आक्रमणमा परेर ५ दिनमा इरानमा ११ सयभन्दा धेरैको मृत्यु भएको छ । इरानको सरकारी सञ्चामाध्यम तस्मिन न्युज एजेन्सीले पाँचौ दिनसम्म आइपुग्दा ११ सय ४५ जनाको मृत्यु भइसकेको जनाएको हो ।
राजधानी तेहरानसहित विभिन्न क्षेत्रमा इजरायल र अमेरिकाले बुधबार आक्रमण जारी राखेका छन् ।इरानले पनि मध्यपूर्वमा आक्रमण जारी नै राखेको छ ।
पूर्वी भूमध्यसागरमा इरानले प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई नाटोको सुरक्षा प्रणालीले टर्किएको उडान क्षेत्रमा प्रवेश गर्नुअघि नै ध्वस्त गरेको टर्किएले जनाएको छ । इरानले हर्मुजको घाँटी बन्द भएको घोषणा गरेको छ ।
जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस क्षेत्रमा आफ्नो जलसेना परिचालन गर्न अमेरिका तयार रहेको बताए । उनले यहाँबाट पास हुने ट्यांकरहरुलाई अमेरिकी सेनाले सुरक्षा दिने बताए ।
अमेरिकामा विपक्षी डेमोक्रेटिक सांसद्हरुले ट्रम्पले इरानमाथि गरेको आक्रमणको औचित्य पुष्टि गर्न नसकेको बताए । उनीहरुले यस युद्धको अन्त्य नदेखिएको बताए ।
