लेबनानमा सर्वसाधारणमाथि इजरायलको आक्रमण, कम्तिमा ५ जनाको मृत्यु

कम्तिमा पाँच जनाको मृत्यु तथा १५ जना घाइते

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

Israeli attack on civilians in Lebanon, at least 5 killed

काठमाडौँ — लेबनानको राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार बुधबार बिहान लेबनानी शहर बालबेकमा रहेको चार तले आवासीय भवनमा इजरायलले आक्रमण गरेको छ ।

यसक्रममा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

लेबनानको राज्य राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले भग्नावशेषबाट परिवारहरूलाई उद्धार गर्ने काम चलिरहेको जनाएको छ । बुधबार बिहान पनि लेबनानमा इजरायली बमबारी जारी रहँदा यो घटना भएको हो।

यसअघि, लेबनानको स्वास्थ्य मन्त्रालयले राजधानी बेरुतको दक्षिणमा रहेको अरामौनमा भएको हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको जनाएको थियो। 

एनएनएले बेरुत नजिकै र दक्षिणी लेबनानमा रहेको एक होटलमा आक्रमण भएको पनि जनाएको गरेको छ।

इजरायली सेनाले बुधबार बिहान आक्रमणको चेतावनी दिएको थियो । उसले एक दर्जनभन्दा बढी लेबनानी गाउँ र शहरहरू खाली गर्न उर्दी जारी गरिएको थियो । 

सूचीमा प्रायः दक्षिणी लेबनानका ठाउँहरू समावेश छन्, । दक्षिणत लेबनानमा हिजबुल्लाहको बलियो उपस्थिति रहेको छ । 

कान्तिपुर

Link copied successfully