हर्मुज मार्ग हुँदै चल्ने ट्यांकरको सुरक्षाका लागि सेना खटाउने

विश्वभर तेल र ग्यास आपूर्तिका लागि यो सबैभन्दा महत्वपूर्ण समुद्री मार्ग मानिन्छ।

फाल्गुन २०, २०८२

कान्तिपुर संवाददाता

Deploying troops to protect tankers passing through the Strait of Hormuz

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे हर्मुज मार्ग हुँदै चल्ने ट्यांकरहरूको सुरक्षाका लागि अमेरिकी जलसेना परिचालन गर्ने बताएका छन्।

अमेरिका–इजरायल र इरानबीच जारी तनावका कारण यो समुद्री क्षेत्र हुँदै चल्ने पानीजहाजहरूको आवागमन प्रभावित भएको छ। ट्रम्पले खाडी क्षेत्रमा समुद्री व्यापार सुरक्षित बनाउन राजनीतिक जोखिम बीमा ग्यारेन्टी दिने पनि उल्लेख गरेका छन्।

यो क्षेत्र पर्सियन खाडी र ओमान खाडीको बीचमा अवस्थित छ। विश्वभर तेल र ग्यास आपूर्तिका लागि यो सबैभन्दा महत्वपूर्ण समुद्री मार्ग मानिन्छ।

हरेक दिन करिब २ करोड ब्यारेल तेल यही क्षेत्र हुँदै आपूर्ति हुने गर्दछ।

कान्तिपुर

Link copied successfully