इरानले मध्यपूर्वका क्षेत्रमा अमेरिकी सैन्य अखडा र पूर्वाधारहरूलाई लक्षित गरेर आक्रमण गरिरहेको छ
काठमाडौँ — अमेरिकाले विश्वभर रहेका आफ्ना नागरिकलाई सम्बन्धित दूतावासमार्फत जारी हुने सुरक्षा प्रोटोकल फलो गर्न आग्रह गरेको छ ।
अमेरिकी सरकारको उक्त आग्रहपछि नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ,'
'इरानमा अमेरिकाको अपरेशनपछि विश्वभर रहेका अमेरिकी र विशेषगरी मध्यपूर्वमा रहेकाहरूलाई नजिकको दूतावास वा कन्सुलेटले जारी गर्ने पछिल्लो सुरक्षा अलर्ट फलो गर्नुहोला । उनीहरूले निश्चित अवधिको एयरस्पेस बन्दले यात्रा अवरोध सामना गर्नसक्छ । अमेरिकी विदेश विभागले विश्वभर रहेका अमेरिकीहरूलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।'
इरानले मध्यपूर्वका क्षेत्रमा अमेरिकी सैन्य अखडा र पूर्वाधारहरूलाई लक्षित गरेर आक्रमण गरिरहेको छ । इरानको ड्रोन आक्रमणपछि कुवेत तथा साउदीका अमेरिकी दूतावासले तत्कालका लागि आफ्नो सेवा स्थगित गरेका छन् ।
