शनिबार दक्षिण इरानमा अमेरिकी आक्रमणमा परेर एक प्राथमिक छात्रा विद्यालयमा १ सय ६८ भन्दा धेरैको मृत्यु भएको खबर आएको थियो ।
काठमाडौँ — अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले संयुक्त राष्ट्रसंघ सुरक्षा काउन्सिलको द्वन्द्वमा बालबालिका, प्रविधि र शिक्षा सम्बन्धी बैठकको अध्यक्षता गरेकी छिन् ।
बैठकमा बोल्दै मेलानियाले आफ्ना नायक गुमाएका परिवार र आफन्तप्रति सद्भाव प्रकट गरिन् । उनीहरुले स्वतन्त्रताका लागि आफ्नो ज्यान गुमाएको बताइन्, तर युद्धको प्रसंग निकालिनन् ।
‘अमेरिका विश्वका सबै बालबालिकाको साथमा छ । मलाई आशा छ, शान्ति चाडैं कायम हुनेछ ।’ उनले द्वन्द्व समाधानका लागि शिक्षा महत्वपूर्ण रहेको बताइन् ।
उनले यस बैठकको अध्यक्षता रहिरहदाँ मध्यपूर्वमा अमेरिकी आक्रमण र इरानको प्रत्याक्रमणमा ठूलो संख्यामा विद्यालय बन्द भएका छन् ।
शनिबार दक्षिण इरानमा अमेरिकी आक्रमणमा परेर एक प्राथमिक छात्रा विद्यालयमा १ सय ६८ भन्दा धेरैको मृत्यु भएको खबर आएको थियो ।
‘शिक्षाले शक्तिशाली, महान् बुझाई तथा नैतिक तर्कतर्फ लैजान्छ । जसले मानसिमा सहनशीलता विकास गर्छ र शान्ति ल्याउँछ,’ उनले भनिन् , ‘म तपाईहरुलाई त्यस्तो भविष्यको पुस्ताका नेताहरु निर्माण गर्न अपिल गर्दछु, जसले शिक्षामार्फत शान्ति ल्याउन सकोस्,’ उनले सुरक्षा परिषद्का सदस्यहरुलाई भनिन् । कुनै पनि विश्व नेताकी पत्नीले सुरक्षा परिषद्को बैठकको अध्यक्षता रहेको यो पहिलोपटक हो ।
राष्ट्रपति ट्रम्प र उनको प्रशासनले संयुक्त राष्ट्रसंघलाई निष्प्रभावी र भ्रस्ट संस्था भन्दै आलोचना गर्ने गरेका छन् ।
