अमेरिका–इजरायलले आवासिय क्षेत्र, अस्पताल, विद्यालय, परोपकारी संस्थाहरुका पूर्वाधार र सांस्कृतिक स्मारकहरुलाई पनि निशाना बनाएको इरानको आरोप
काठमाडौँ — इरानले मिनाबस्थित प्राथमिक विद्यालयमा मारिएका १ सय ६५ जना छात्राहरुको सामुहिक अन्त्येष्टी गरेको टर्किस न्युज एजेन्सी अनाडोलुले जनाएको छ ।
अमेरिका र इजरायलले शनिबार गरेको आक्रमणमा परेको उनीहरुको मृत्यु भएको हो । उनीहरुको अन्त्येष्टीमा ठूलो संख्यामा मानिसहरु सरिक भएका थिए ।
सोमबार इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्मइल बगाईले अमेरिका–इजरायलले आवासिय क्षेत्र, अस्पताल, विद्यालय, परोपकारी संस्थाहरुका पूर्वाधार र सांस्कृतिक स्मारकहरुलाई पनि निशाना बनाएको आरोप लगाएका छन् । मंगलबार आर्ग स्क्वायरमा आक्रमण भएको थियो ।
यसको पराकम्प र छर्राहरु लाग्दा विश्व सम्पदा सुचीमा समावेश गोलेस्तान दरबारमा क्षति पुगेको छ । युनेस्कोले सांस्कृतिक धरोहरमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त गरेको छ । सांस्कृतिक धरोहरमाथिको आक्रमण अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको पनि युनेस्कोले स्मरण गराएको छ ।
