स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको तथ्याङ्क अनुसार, फ्रान्ससँग ३०० भन्दा कम आणविक हतियारहरू रहेको अनुमान गरिएको छ । रूस वा अमेरिकाभन्दा यो झन्डै १३ गुणा कम हो ।
What you should know
काठमाडौँ — फ्रान्सले आफ्नो आणविक हतियार वृद्धि गर्ने घोषणा राष्ट्रपति इमानुएल म्याक्रोंले बताएका छन्।
रूस र चीनले निरन्तर हतियार विकास गरिरहेको अवस्थाबीच नयाँ आवश्यकता र जोखिमलाई ध्यानमा राखेर आणविक हतियार वृद्धि गरिने उनले बताए ।
पछिल्लो समय रूसको खतरा देखाएर युरोपेली देशहरूले सैन्य खर्च वृद्धिको औचित्य प्रमाणित गर्न खोजिरहेका छन् ।
'मैले हाम्रो हतियारको संख्या बढाउने निर्णय गरेको छु,'म्याक्रोंले भने, 'यदि हामीले हाम्रो हतियार प्रयोग गर्नुपर्यो भने कुनै पनि राज्यले आफ्नो रक्षा गर्न सक्ने छैनन् । जतिसुकै शक्तिशाली र विशाल राष्ट्र भएपनि उनीहरु यसबाट बच्न सक्दैनन्,' उनले भने ।
पेरिसले आफ्नो हतियार कति हुनेछ भन्ने विषय बाहिर नल्याउने उनले बताए । ' हाम्रो क्षमताबाट विरोधीहरु डराउन् । हामी हाम्रो हतियारको आकार गोप्य राख्नेछौं,' उनले भने ।
स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको तथ्याङ्क अनुसार, फ्रान्ससँग ३०० भन्दा कम आणविक हतियारहरू रहेको अनुमान गरिएको छ । रूस वा अमेरिकाभन्दा यो झन्डै १३ गुणा कम हो ।
म्याक्रोंले अन्य युरोपेली देशहरूलाई पनि विदेशी आक्रमणबाट जोगाउनका लागि फ्रान्सेली आणविक हतियार तैनाचथ गरिने बताए । त्यस्तै संयुक्त सैन्य अभ्यास पनि गरिने बताए । कम्तिमा आठ देश बेलायत, जर्मनी , पोल्याण्ड , नेदरल्याण्ड्स, बेल्जियम, ग्रीस, स्वीडेन र डेनमार्क फ्रान्सेली आणविक हतियारहरू होस्ट गर्न इच्छुक रहेको उनले बताए । यस सुचीमा भएकामध्ये बेलायत आफैंमा आणविक क्षमता भएको देश हो ।
युक्रेनी नेता भ्लादिमिर जेलेन्स्कीले गत महिना फ्रान्स वा बेलायतबाट पनि आणविक हतियार खुशीसाथ स्वीकार गर्ने बताएका थिए। यसअघि, पेरिस र लन्डनले आणविक हतियार निर्माण गर्न आवश्यक सामग्री र प्रविधि युक्रेनमा पठाउने योजना बनाएको आरोप रुसको गुप्तचर सेवाले लगाएको थियो ।
