कतारका परराष्ट्र मन्त्रालयका प्रवक्ता मजिद मोहम्मद अल अन्सारीका अनुसार कतारको ट्रान्जिटमा रोकिएका ८ हजारलाई सुरक्षित रुपमा राखेको छ ।
काठमाडौँ — कतार सरकारले हमाद अन्तराष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउन आइपुगेका यात्रुको संख्या ८ हजार रहेको जनाएको छ ।
कतारका परराष्ट्र मन्त्रालयका प्रवक्ता मजिद मोहम्मद अल अन्सारीका अनुसार कतारको ट्रान्जिटमा रोकिएका ८ हजारलाई सुरक्षित छन् । ‘इरानले हमाद विमानस्थललाई लक्षित गरी हवाइ आक्रमण गरेको थियो । तर, त्यसलाई निस्तेज गरिएको छ,’ उनले भने ।
अमेरिका-इजराय र इरानबीच जारी द्वन्द्वका कारण निरन्तर हवाई उडान रद्द हुँदा हजारौं यात्रु अलपत्र परेका हुन् ।
