इरानले अमेरिकासँग वार्ता गर्दैन : लारिजानी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ता गर्न चाहेको दाबी गरेका थिए

फाल्गुन १८, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले इरानले  अमेरिकासँग वार्ता नगर्ने बताएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ता गर्न चाहेको बताएका थिए । यसको जवाफमा एक्समा लारिजानीले लेखे,'अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना 'झूटा आशा'का साथ यस क्षेत्रलाई अराजकतामा फसाएका छन् र अब अमेरिकी सेनाको थप हताहतको बारेमा चिन्तित छन् ।'

लारिजानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव हुन् । उनी सर्वोच्च नेता स्वर्गीय आयतुल्लाह अली खामेनीका प्रमुख सल्लाहकार थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully