कुवेतको स्वास्थ्य मन्त्रालयले इरानी मिसाइलको आक्रमणबाट घाइते भएका एक जना आप्रवासी श्रमिकको उपचारको क्रममा मृत्यु भएको जनाएको हो ।
काठमाडौँ — कुवेतको स्वास्थ्य मन्त्रालयले एक जना आप्रवासी श्रमिकको मृत्यु भएको जनाएको छ भने ३२ जना घाइते भएको छ । इरानी मिसाइलको आक्रमणबाट घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुने र घाइते भएका आप्रवासी श्रमिकको पहिचान सार्वजनिक गरिएको छैन ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता अब्दुल्लाह अल सनादका अनुसार आदान अस्पतालको आकस्मिक कक्षमा ३२ जना घाइते ल्याइएका थिए । तीमध्ये १५ जनालाई थप उपचारका लागि जवर हस्पतालमा पठाइएको छ । पाँच जनालाई अदन अस्पतालमै शल्यक्रियाका लागि भर्ना गरिएको छ । उपचारकै क्रममा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
घाइते सबै विदेशी श्रमिक रहेको छ । उनीहरूलाई टाउको र छातीमा चोट लागेको छ ।
