बहराइनको गृह मन्त्रालयले एक्समार्फत आक्रमणमा होटेलमा भौतिक क्षति भएको जनाएको छ ।
काठमाडौँ — अमेरिका-इजरायल र इरानबीचको संघर्षका क्रममा बहराइनको राजधानी मनामास्थित क्राउन प्लाजा होटेलमा क्षति पुगेको छ । बहराइनको गृह मन्त्रालयले एक्समार्फत आक्रमणमा होटेलमा भौतिक क्षति भएको जनाएको छ ।
यद्यपि आक्रमणमा कुनै पनि मानवीय क्षति नभएको बहराइनको भनाइ छ । पाँचतारे होटेल क्राउन प्लाजा जुफैरस्थित अमेरिकी सेनाको बेस क्याम्पबाट नजिकै रहेको छ ।
उक्त होटेल बेलायती बहुराष्ट्रिय हस्पिटालिटी कम्पनी इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप(आईजीएच) अन्तर्गत सञ्चालन हुँदै आएको थियो ।
The Crown Plaza Hotel in Manama was targeted, resulting in material damaged but no loss of life.
— Ministry of Interior (@moi_bahrain) March 1, 2026
