बोलिभियामा सेनाको विमान दुर्घटना, १५ जनाको मृत्यु

शनिबार बिहान वायु सेनाको हरक्युलिस विमान दुर्घटनामा परेको हो। विमान देशको केन्द्रीय बैंकको नोट बोकेर गइरहेको थियो।

फाल्गुन १६, २०८२

कान्तिपुर संवाददाता

Military plane crashes in Bolivia, 15 dead

काठमाडौँ — बोलिभियामा सेनाको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। 

शनिबार बिहान वायु सेनाको हरक्युलिस विमान दुर्घटनामा परेको हो। विमान देशको केन्द्रीय बैंकको नोट बोकेर गइरहेको थियो।

रायेटर्सका अनुसार खराव मौसमका कारण विमान अवतरण भएपछि धावनमार्गबाट चिप्लिएर सडकमा गएर बज्जारिएको थियो। सडकमा विमान दुर्घटना हुँदा करिब १५ वटा गाडीमा क्षति पुगेको बताइएको छ। 

दुर्घटनाका कारण विमान दुई टुक्रा भएको छ भने शव सडकभर रहेको बताइएको छ। त्यस्तै सडकमा बैंकका नोट पनि छरपस्ट रहेको बताइएको छ। 

दुर्घटनापछि एल आल्टो अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ।  स्थिति नियन्त्रणमा लिनका लागि स्थानीय अधिकारीले पानी र अश्रु ग्यासको प्रयोग गरिएको उल्लेख गएिको छ। 

कान्तिपुर

Link copied successfully