शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजिक सञ्जाल ट्रुथमा भिडियो सन्देश जारी गर्दै आत्मसमर्पण गर्न वा मर्न ईरानको सत्तालाई धम्की दिएका छन् ।
काठमाडौँ — अमेरिका र ईजरायलले ईरानका सर्वोच्च नेता अली खामेनाई र राष्ट्रपति मसुद पेजेस्कियनमाथि निशाना साँधेको दाबी ईजरायली सेनाका एक वरिष्ठ अधिकारीले गरेका छन् ।
शनिबार गरिएको आक्रमण उनीहरु लक्षित रहेको ती अधिकारीले बताएका छन् ।
उनले फक्स न्युजलाई बताएअनुसार ईरानमा केही साताअघि भएको प्रदर्शनमा दमन गर्नेहरुलाई निशानामा राखिएको छ ।
‘युद्धको क्षतिको विवरण केही समयपछि आउनेछ,’ उनले भनेका छन् ।
शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजिक सञ्जाल ट्रुथमा भिडियो सन्देश जारी गर्दै आत्मसमर्पण गर्न वा मर्न ईरानको सत्तालाई धम्की दिएका छन् । ट्रम्पले अमेरिकी अपरेशनपछि सत्ता हातमा लिन ईरानी जनतालाई पनि आग्रह गरेका छन् ।
