बहराईनस्थित अमेरिकी जलसेनाको अखडामा ईरानको आक्रमण 

कतारको रक्षा मन्त्रालयले अल उद्यैद एयर वेसलाई निशाना बनाएर प्रहार गरिएका धेरैवटा मिसाइल्सहरु रोकिएको जनाएको छ ।

फाल्गुन १६, २०८२

कान्तिपुर संवाददाता

Iran attacks US naval base in Bahrain

काठमाडौँ — अमेरिकाले मिसाइल हमला गरेपछि बदलामा ईरानले पनि मध्यपूर्वस्थित विभिन्न इलाकामा प्रत्याक्रमण गरेको छ । बहराईनको मानामास्थित अमेरिकी जलसेनाको फिफ्थ फ्लिटको मुख्यालय नजिक ईरानले हमला गरेको हो । 

क्षतिको विवरण अहिलेसम्म अमेरिकाले दिएको छैन । यसै क्षेत्रमा युएई, कतार र कुवेतले आफ्नो एयर स्पेसमा मिसाइल प्रहार भएको र त्यसलाई सफलतापूर्वक रोकिएको बताएका छन् । 

कतारको रक्षा मन्त्रालयले अल उद्यैद एयर वेसलाई निशाना बनाएर प्रहार गरिएका धेरैवटा मिसाइल्सहरु रोकिएको जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully