ट्म्पले ईरानमा कुटनीतिक माध्यमबाट लक्ष्य हासिल गरिने बताए । तर, आणविक कार्यक्रम सञ्चालन नगर्न ईरानलाई चेतावनी पनि दिए ।
What you should know
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा अपराध नियन्त्रण भएको र अर्थतन्त्रमा सुधार आएको बताएका छन् । दोस्रो कार्यकाल निर्वाचित भएपछि पहिलोपटक संयुक्त सदन (कंग्रेस) लाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले झन्डै १ घण्टा ५० मिनेट लामो सम्बोधन गरे । अमेरिकी राष्ट्रपतिले कंग्रेसमा यति लामो सम्बोधन गरेको यो पहिलोपटक हो । उनले मिनेसोटामा बस्ने सोमाली अमेरिकीहरूलाई समुद्री डाकू भने । त्यस्तै अवैध आप्रवासीहरुका कारण अमेरिकामा अपराध बढेको दाबी गरे । गत साता सर्वोच्च अदालतले भन्सार शुल्क बढाउने ट्रम्पको कदममा रोक लगाएपछि उनले भन्सार शुल्क वृद्धिका लागि नयाँ कानुनको साहारा खोजिरहेका छन् ।
अमेरिकाले स्वतन्त्रतापछिका २ सय ५० वर्षमा धेरै प्रगति गरेको र आफ्नो कार्यकालमा अमेरिका अझै सुदृढ र बलियो बन्ने आशा उनले व्यक्त गरे । उनले अमेरिकासँग विश्वकै शक्तिशाली सेना रहेको बताए ।
उनले ईरानमा कुटनीतिक माध्यमबाट लक्ष्य हासिल गरिने बताए । तर, आणविक कार्यक्रम सञ्चालन नगर्न ईरानलाई चेतावनी पनि दिए ।
'१७७६ मा सुरु भएको क्रान्ति समाप्त भएको छैन । यो अझै पनि जारी छ, किनकि स्वतन्त्रता र स्वतन्त्रताको ज्वाला अझै पनि प्रत्येक अमेरिकी देशभक्तको हृदयमा बलिरहेको छ,’ ट्रम्पले भने, ‘र हाम्रो भविष्य पहिलेभन्दा विशाल, राम्रो, उज्यालो, साहसी र अझ गौरवशाली हुनेछ,' उनले भने ।
अवैध आप्रवासी नभएर अमेरिकी नागरिकलाई सुरक्षा दिनु अमेरिकी सरकारको पहिलो कर्तव्य रहेको उनले बताए । उनले आफ्नो कार्यप्रति ताली बजाएर समर्थन देखाउन विपक्षी डेमोक्रेटिक पार्टीका सांसद्हरुलाई पनि आग्रह गरे । ट्रम्पको रिपब्लिकन पार्टीका सांसद्हरुले ताली बजाए पनि डेमोक्रेट्स कुर्सीमै बसिरहे । त्यसपछि उनले डेमोक्रेट्हरुलाई भने, 'तपाईहरुले उभिन नसकेकेमा लाज मान्नुपर्ने हो ।'
डेमोक्रेट्स नेताहरूले आफ्ना सदस्यहरूमाथि आक्रोश व्यक्त नगर्न पहिल्यै चेतावनी दिएका थिए । तर, ट्रम्पले लगातार आलोचना गरेपछि मिशिगनकी डेमोक्रेट्स प्रतिनिधि रशिदा तलाइब र मिनेसोटाकी इल्हान उमरले ट्रम्प कडा प्रतिवाद गरे ।
ट्रम्पले विदेशी कम्पनी र देशहरुसँग ठूलो भन्सार शुल्क लिदाँ अमेरिकीमाथि आयकरको बोझ कम हुने भन्दै भन्सार वृद्धिको आफ्नो रणनीतिको बचाउ गरे । ‘मलाई विश्वास छ विदेशी देशहरूले तिर्ने शुल्कले, विगतमा जस्तै, आधुनिक आयकर प्रणालीलाई उल्लेखनीय रूपमा प्रतिस्थापन गर्नेछ । मैले माया गर्ने मानिसहरूबाट ठूलो आर्थिक भार हट्नेछ,’ उनले भने ।
\वास्तवमा, अमेरिकी इतिहासको सुरुवातमा, कर करको प्रमुख रूप थियो। तर ट्रम्पले सायद त्यसमा आफ्नो सास रोक्नु हुँदैन ।
