उनले अमेरिकी संसद (कंग्रेस)लाई सम्बोधन गर्दै आफूले हस्तक्षेप नगरेको भए भारत र पाकिस्तानबीच परमाणु युद्धसम्म पुग्ने सम्भावना रहेको दाबी गरेका हुन् ।
काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तान संघर्षलाई लिएर फेरि अर्को दाबी गरेका छन् ।
उनले अमेरिकी संसद (कंग्रेस)लाई सम्बोधन गर्दै आफूले हस्तक्षेप नगरेको भए भारत र पाकिस्तानबीच परमाणु युद्धसम्म पुग्ने सम्भावना रहेको दाबी गरेका हुन् ।
उनले भने, ‘भारत र पाकिस्तानबीच परमाणु युद्ध हुन्थ्यो । पाकिस्तानका प्रधानमन्त्रीले पनि मलाई भन्नुभयो–यदि तपाईंले हस्तक्षेप नगरेको भए ३ करोड ५० लाख बढी मानिस मारिन्थे ।’
ट्रम्पले सम्बोधनका क्रममा अन्य देशहरुका संघर्षबारे पनि उल्लेख गरेका छन् । आफूले १० महिनाको अवधिमा ८ वटा युद्ध रोकेको दाबी गरेका छन् ।
मंगलबार उनले अमेरिकी संसद्मा आफ्नो वार्षिक सम्बोधन गरेका छन् । यस सम्बोधनलाई ‘स्टेट अफ द यूनियन’का रुपमा पनि बुझिन्छ ।