जापानका उपप्रमुख क्याबिनेट सचिव सतो केईले एक पत्रकार सम्मेलनमा चीनको यो कदमलाई ‘निन्दनीय’ भन्दै टोकियोले यसलाई नसहने बताए।
What you should know
काठमाडौँ — जापानले आफना २० वटा कम्पनीमाथि प्रतिबन्ध लगाउने चिनियाँ कदमको विरोध गरेको छ।
पुनः सैन्यकरणतर्फ अगाडि बढ्न खोजेको भन्दै चीनले मंगलबार २० वटा जापानी कम्पनीहरुमाथि प्रतिबन्ध लगाएको थियो भने त्यति नैं संख्याका कम्पनीलाई कडा निगरानीमा राख्ने निर्णय गरेको थियो।
जापानका उपप्रमुख क्याबिनेट सचिव सतो केईले एक पत्रकार सम्मेलनमा चीनको यो कदमलाई ‘निन्दनीय’ भन्दै टोकियोले यसलाई नसहने बताए।
जापानले आफ्ना निर्यात कम्पनीले निर्यात गर्ने बस्तुलाई सैन्य उदेश्यका लागि प्रयोग गर्न सक्ने चीनले आशंका गरेको छ। यो कदम दुई देशबीचको महिनाौँ लामो कूटनीतिक विवादमा नयाँ मोड हो।
चीनको प्रतिबन्धले प्रभावित हुने कम्पनीहरूमा जहाज निर्माण, विमान इन्जिन तथा समुद्री मेसिनरी उत्पादनमा संलग्न मित्सुबिशी हेवी इन्डस्ट्रिजका सहायक कम्पनीहरू, कावासाकी हेभी इन्डस्ट्रिज तथा फुजिट्सुका केही डिभिजनहरू रहेका छन् ।
चीनले आफ्नो कदमलाई राष्ट्रिय सुरक्षा र चासोको रक्षा गर्न आवश्यक रहेको तर्क गरेको छ।
ताइवान नजिकको टापुमा मिसाइल राख्ने
यसैबीच जापानले ताइवान नजिक रहेको पश्चिमी टापुमा मिसाइल प्रणाली परिचालन गर्ने भएको छ। ताइवानकै विषयले क्षेत्रीय तनाव बढिरहेका बेला जापानले योनागुनी टापुमा सन् २०३१ सम्म मिसाइल परिचालन गर्ने योजना बनाएको हो।
जापानका रक्षा मन्त्री शिन्जिरो कोइजुमीले मंगलबार मिसाइल तैनातीको समयरेखा घोषणा गरेका हुन्। चीनले २० जापानी कम्पनी र संस्थाहरूको निर्यातमा प्रतिबन्ध लगाएको एक दिनपछि जापानी रक्षामन्त्रीको यस्तो घोषणा आएको हो।
चीनले ताइवानलाई आफ्नाे भूभाग भनेर दाबी गर्ने गरेको छ। र, यसलाई चीनसँग मिलाउन बल प्रयोग गर्न सक्ने खुलारुपमै बताइरहेको छ। कोइजुमीको घोषणापछि चीनको भने कुनै प्रतिक्रिया जनाइसकेको छैन।
जापानकी प्रधानमन्त्री सानाए ताकाईचीले इवानमाथि आक्रमण भएमा जापानले आफ्नो आत्मरक्षा बल सक्रिय गर्ने बताएपछि गत नोभेम्बरयता चीन र जापानको सम्बन्धमा तिक्तता बढेको छ।
यो मिसाइल प्रणालीले आउने विमान र मिसाइलहरूलाई रोक्न सक्छ। मिसाइल प्रणालीले एक साथ एक सय लक्ष्यहरू पत्ता लगाउँन सक्छ।
