ब्राजिलमा भारी वर्षाका कारण १४ जनाको मृत्यु

जुइज डे फोरा नगर प्रमुखको कार्यालयले हताहत हुनेको संख्या उल्लेख नगरिकन सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार बाढी, पहिरो र नदीको बहाव बढेपछि केही व्यक्ति हताहत भएको जनाएको छ ।

फाल्गुन १२, २०८२

कान्तिपुर संवाददाता

14 killed in Brazil due to heavy rains

ब्रासिलिया — ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा भारी वर्षाका कारण कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य बेपत्ता हुनुका साथै ४०० भन्दा बढी विस्थापित भएका मिनास गेराइस राज्यका अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।

जुइज डे फोरा नगर प्रमुखको कार्यालयले हताहत हुनेको संख्या उल्लेख नगरिकन सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार बाढी, पहिरो र नदीको बहाव बढेपछि केही व्यक्ति हताहत भएको जनाएको छ । 

मिनास गेराइस अग्नी नियन्त्रण विभागलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार १४ जनाको मृत्यु भएको छ भने कम्तीमा ४५ जना बेपत्ता भएका छन् । 

जुइज डे फोराका मेयर मार्गरिडा सालोमाओले लगातारको तीव्र र वर्षालाई लिएर संकटकाल घोषणा गर्नुभएको छ । 

आधिकारिक तथ्यांकका अनुसार यो महिना जुइज डे फोरामा सबैभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको छ ।

कान्तिपुर

Link copied successfully